कृपया १ लाइक गर्नुहोश धन्यवाद

Powered by Blogger.

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश

भाद्र २५, २०७२- वैशाख १२ को महाभूकम्पले क्षतिग्रस्त धरहरा फेरि निर्माण गर्ने कि नगर्ने भन्नेबारेमा नागरिकबीच चासो बन्दै आएको छ ।

‘धरहरा बनाउने कि नबनाउने ?’ भन्ने विषयमा सोसाइटी अफ नेपलिज आर्किटेक्ट (सोना) ले शुक्रबार आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा पदाधिकारीले तीन फरक धारणा व्यक्त गरे ।
कार्यक्रममा धरहरा फेरि त्यही स्थानमा बनाउनुपर्ने र भूकम्पप्रतिरोधी हुनुपर्ने धारणा एक थरीले व्यक्त गरेका थिए भने अर्का थरीले सुन्धारास्थित हालको अवस्था संरक्षण गरी यथावत राख्नुपर्ने र अर्को स्थानमा धरहरा बनाउन सकिने धारणा राखेका थिए । तेस्रो धारणाका रूपमा हालको स्थानलाई संरक्षण गरेर राख्ने र धरहरा कतै पनि बनाउनु नपर्ने आएको थियो ।

प्रा.डा. जीवराज पोखरेलले कार्यपत्र प्रस्तुत गर्दै पहिलेकै मौलिक स्वरूपमा निर्माण गर्नुपर्ने सुझाव दिए । ‘एक सय वर्षभन्दा पुराना संरचना पुरातात्त्विक महत्त्वका वस्तु हुन्, यिनलाई हामीले संरक्षण गर्नुपर्छ ।’ उनले राष्ट्रकवि माधव घिमिरेसँग गरेको संवाद भिडियोमार्फत सुनाउँदै भने,‘उहाँले धरहरा हाम्रो सहरको प्रतीकका रूपमा स्थापित भइसकेकाले यसलाई निर्माण गर्नुपर्ने बताउनुभएको छ ।’ कवि घिमिरेले अब निर्माण गर्दा भूकम्प प्रतिरोधक बनाउन सल्लाह दिएको पनि पोखरेलले सुनाए ।

पूर्वप्रशासक जैनेन्द्र जीवनले धरहरा बनाउनुभन्दा कतै भ्यु टावर बनाउन उचित हुने बताए । उनले भने,‘हालको स्थितिलाई संरक्षण गरेर राख्नुपर्छ, ५० वर्षपछि पनि जोकोहीले त्यो बाटो हिंडदा धरहराको बाँकी रहेको अवस्था देख्छ, उसले भूकम्प सम्झन्छ ।’


धरहरा क्षेत्र संरक्षणमा सक्रिय रिन्छेन योञ्जनले भनिन्,‘धरहरा फेरि नबनाउँm ।’ उनले धरहरा फेरि निर्माण गरे नेपालीले भूकम्पलाई नै बिर्सन सक्ने बताइन् । इतिहासविद् मोहन खनालले हालको स्थितिलाई जस्ताको त्यस्तै राख्नुपर्ने र अब धरहरा सहिद गेटमा बनाउन सकिने बताए । विश्लेषक कनकमणि दीक्षितले हालको स्थिति सुधार गरी वर्षाको पानीबाट लेउ लाग्ने स्थितिसम्म आउन नदिन पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकालाई आग्रह गरे । ‘दुई दिनभित्रमा उनीहरूले यो काम गरेनन् भने त्यसपछि हामीले नै यो काम गर्नुपर्ने हुन्छ,’ उनले भने । धरहराको चित्र र ‘हामी फेरि उठ्नेछौं’ आफ्नो टिसर्टमा लेखिएको पहिरनसहित आएका चलचित्रकर्मी तथा स्थानीय निश्चल बस्नेतले भने,‘धरहरा पहिलेभन्दा राम्रो बनाउनुपर्छ ।’ उनले धरहरा पर्यटकका लागि महत्त्वपूर्ण नभए पनि यहाँका मान्छेका लागि महत्त्व राख्ने बताए ।

सुन्धाराका स्थानीयवासी गौतम डंगोलले २० वर्षअघि नै धरहरा त्यस क्षेत्रमा आवतजावत गर्ने सवारीसाधनका कारण चिरा परेको उल्लेख गर्दै सम्बन्धित निकायमा मर्मतका लागि धेरैपटक खबर गर्दा पनि सम्बोधन नभएको बताए । उनले धरहरा काठमाडौं उपत्यकाको परिचय रहेको भन्दै फेरि निर्माण गर्नुपर्ने बताए । ८ सयभन्दा बढी आर्किटेक इन्जिनियर आबद्ध संस्था सोनाका अध्यक्ष एवं पूर्वसचिव किशोर थापाले आवेगमा आएर काम गरी पछि पछुताउनुभन्दा तार्किक रूपमा काम गर्नुपर्ने बताए ।

धरहरा बनाउने कि नबनाउने ?

Views:


Category:

सेक्सी भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोश